सरकारी तथा निजी अस्पतालको १० प्रतिशत बेडमा विपन्नको नि:शुल्क उपचार
हेल्थ टिभी अनलाइन : बालेन सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकका लागि छुट्याइएका निशुल्क शैयामा कडाइ गर्ने भएको छ । यसअघि नै १० प्रतिशत बेड विपन्न नागरिकका लागि निशुल्क रुपमा छुट्याउनपर्ने व्यवस्था भए पनि पूर्ण रुपमा कार्यान्वयन भएको थिएन ।
नयाँ सरकारले यसलाई कडाइका साथ लागू गर्ने र त्यसका लागि पारदर्शी ढंगले यसको व्यवस्था हुने बताएको छ । साथै यसको नियमित अनुगमन समेत हुनेछ । यसैगरी विपन्न नागरिकको स्वास्थ्य पहुँचदेखि डिजिटल प्रणाली विकाससम्मका महत्वाकांक्षी कार्यक्रम सरकारका कार्यक्रममा समेटिएका छन्।
नेपाललाई आरोग्य पर्यटन ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने पनि उल्लेख छ । यसैगरी फार्मेसीमा औषधिको मौज्दात देखि यसको आपूर्ति व्यवस्थापन सम्मका कुरा सरकारका कार्यक्रममा उल्लेख छन् । पहाडी तथा विकट क्षेत्रमा आपतकालिन अवस्थाका लागि एअर एमबुलेन्सको व्यवस्था तुरुन्त गरिने कुरा पनि नयाँ सरकारको कार्यक्रममा उल्लेख छ । यसैगरी स्वास्थ्यका सम्पूर्ण सेवा प्रवाहलाई नागरिकमैत्री र जवाफदेही बनाउने शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा उल्लेख छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण