Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्रीको पहिलो प्राथमिकता : सबैका लागि सहज र सुलभ उपचार

स्वास्थ्यमन्त्रीको पहिलो प्राथमिकता : सबैका लागि सहज र सुलभ उपचार

हेल्थ टिभी अनलाइन : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पदवहाली गरे लगत्तै आफ्नो प्राथमिकतामा आम नागरिकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने रहेको र त्यसका लागि काम गर्ने बताइन् ।

उनले अहिले नै कुनै निर्णय गर्ने भन्दा पनि सबै अध्ययन गरिसकेपछि र विस्तृत परामर्शपछि मात्र अघि बढ्ने बताइन्। यसअघि पदवहाली गरेलगत्तै मन्त्रालयमा आएर एउटा निर्णय गर्ने प्रचलन रहेकोमा उनले भने कुनै निर्णय गरिनन् । मन्त्री मेहताले भनिन, ‘अहिले नै म कुनै निर्णय गर्ने अवस्थामा छैन् त्यसका लागि अध्ययन आवश्यक हुन्छ । अध्ययन र उच्च अधिकारीहरुसँग बसेर छलफल गरेर मात्र निर्णय गर्नेछु । म आफै पनि स्वास्थ्य क्षेत्रबाट आएको छु र यो क्षेत्रलाई नजिकबाट नियालेको छु यसले मलाई अघि बढ्न र नितीगत निर्णयहरु गर्न पक्कै सहयोग गर्छ ।’

तर एउटा कुरा के हो भने कुनै पनि व्यक्तिले कुनै पनि वहानामा उपचार नपाएर ज्यान गुमाउने अवस्था हुनु हुँदैन, उनले थपिन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार