नेपालमा क्षयरोगका ४२ प्रतिशत बिरामी उपचारबाहिर
हेल्थ टिभी अनलाइन : नेपालमा अझै पनि क्षयरोगका ४२ प्रतिशत बिरामी उपचारबाहिर रहेका छन्। त्यसो त नेपालले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य र अहिलेको अवस्था हेर्दा नेपालले तोकिएको समयमा आफनो लक्ष्य पूरा गर्न सक्ने अवस्था नदेखिएको विज्ञहरु बताउँछन्।
विश्व क्षयरोग दिवसको अवसर पारेर सोमबार राष्ट्रिय क्षयरोग केन्द्रले पत्रकार सम्मेलन गरी नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम र हालको अवस्थाबारेमा जानकारी गराएको थियो । सो कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा वार्षिक रूपमा करिब ६७ हजार मानिस क्षयरोगबाट प्रभावित हुने गरेको बताए । तीमध्ये करिब १६ हजार जनाको हरेक वर्ष मृत्यु हुने अनुमान गरिएको छ । कार्यक्रममा उनले क्षयरोगबाट हरेक दिन ४४ जनाको मृत्यु हुने गरेको पनि जानकारी दिए । डा पौडेलले उपचारबाहिर रहेका बिरामीका कारण रोग नियन्त्रणमा ठूलो चुनौती थपेको जिकीर गरे ।
डा पौडेलका अनुसार नेपालमा गत आर्थिक वर्ष २०८१\८२ मा ३९ हजार १५१ जना क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याइएकोमा तीमध्ये करिब ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र करिब ५.६ प्रतिशत बालबालिका रहेका छन्। यसैगरी उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो सम्वन्धी क्षयरोग, २८ प्रतिशत फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोग देखिएको थियो । यस्तै औषधी प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना पहिचान भएका थिए ।
नेपालका क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । यो एक संक्रामक रोग हो तर नियमित औषधिको सेवन र पूर्ण उपचारबाट यसलाई निको पार्न सकिन्छ ।
२४ मार्चलाई हरेक वर्ष विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिन्छ ।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग