मेडिसिटीमा अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी तालिम सुरु
हेल्थ टिभी अनलाइन : नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिससँगको सहकार्यमा ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ नेपालमै पहिलो पटक आयोजना गरेको छ । आजदेखि उक्त तालिम सुरु भएको हो । यस कार्यक्रममार्फत देशमा आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण सेवामा नयाँ आयाम थपिने अपेक्षा गरिएको अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले बताए ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा सञ्जय काकीका अनुसार तालिम विशेष गरी हेलिकप्टरमार्फत एयर लिफ्ट उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीहरूको सुरक्षित स्थानान्तरण, व्यवस्थापन तथा उपचार प्रक्रियामा केन्द्रित रहनेछ । तालिमका क्रममा बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उपयुक्त अवस्थिति कसरी कायम गर्ने तथा यात्रा अवधिभर आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास सहित प्रशिक्षण प्रदान गरिनेछ ।
उक्त कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षकहरूद्वारा प्रत्यक्ष प्रशिक्षण प्रदान गरिनुका साथै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले आफ्ना अनुभवहरू समेत प्रस्तुत गर्नेछन् । तालिममा सरकारी तथा प्राईभेट अस्पतालहरूबाट ३० जना विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ