किष्ट शिक्षण अस्पतालमा यसरी मनाइयो मुख स्वास्थ्य दिवस
डेन्टल उपचारमा २५ प्रतिशतसम्म छुट
हेल्थ टिभी अनलाइन : विश्व मुख स्वास्थ्य दिवसमा किष्ट शिक्षण अस्पतालले जनचेतनामूलक कार्यक्रम गर्दै मनाएको छ । स्वस्थ मुख, स्वस्थ जीवन भन्ने सन्देशलाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रमले सर्वसाधारणमा मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अस्पतालले जनाएको छ ।
कार्यक्रम अन्तर्गत आयोजित र्यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । यस माध्यमबाट सर्वसाधारणमा मुखको स्वास्थ्य कायम राख्न र समस्या भईहालेमा जटिल हुन नदिई समयमै उपचार सेवा लिन सु–सूचित गरिएको थियो । साथै, डेन्टल प्रदर्शनी मार्फत मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको थियो भने कला प्रतियोगिताले बालबालिकाहरूको सृजनात्मक प्रतिभालाई उजागर गरेको थियो ।
यसैगरी कार्यक्रमलाई थप आकर्षक बनाउन फ्ल्यास मोब फेस पेन्टिङ विभिन्न खेलकुद गतिविधिहरू तथा सन्देशमूलक नाटक समेत प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई मनोरञ्जनका साथै शिक्षाप्रद अनुभव प्रदान गरेको थियो । अस्पतालले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर एक महिनाका लागि डेन्टल उपचारमा २५ प्रतिशत तथा दाँत मिलाउने उपचारमा १५ प्रतिशत छुट दिने बताएको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार