Health TV Online
Health TV Online
Health TV Online

किष्ट अस्पताल र भारतको मेदान्तबीच क्लिनिकल तथा शैक्षिक कार्यक्रम सम्पन्न

किष्ट अस्पताल र भारतको मेदान्तबीच क्लिनिकल तथा शैक्षिक कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : ललितपुरमा रहेको किष्ट मडिकल कलेज तथा शिक्षण अस्पताल र भारतको गुरुग्राममा रहेको मेदान्त अस्पताल ( Medanta) बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सकहरूबीच अनुभव साटासाट गर्दै जटिल रोगहरूको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा मेदान्तका Senior Director – Cardiac Surgery Dr. Surinder Bazaz  तथा Chairman – Neurosciences Dr. V. P. Singh को विशेष उपस्थिति रहेको थियो। उनीहरुले अस्पतालका चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो लामो अनुभव तथा विशेषज्ञता साझा गरेका थिए । कार्यक्रममा किष्ट अस्पतालका एक सयभन्दा बढी युवा चिकित्सकहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रमका क्रममा चिकित्सकहरूबीच अनुभव आदान–प्रदान हुनुका साथै जटिल क्लिनिकल केसहरूबारे पनि संक्षिप्त छलफल गरिएको थियो, जसले सहभागी चिकित्सकहरूलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको थियो।

किष्ट र मेदान्ततबीच केही महिनाअघि देखि सहकार्य सुरु भएको हो। सो सहकार्य अन्तर्गत टेलिमेडिसिन सेवा पनि सञ्चालनमा रहेको छ, जसले जटिल रोगहरूको उपचारका लागि भारत जानुपर्ने बिरामीहरूको अनावश्यक यात्रा कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

भारतको गुरुग्रामा अवस्थित Medanta बहुविशेषज्ञता सेवा प्रदान गर्ने अग्रणी अस्पतालमध्ये एकका रूपमा परिचित छ। त्यसैगरी किष्ट अस्पताल नेपालकै पहिलो  NABH Accreditation प्राप्त गर्ने मेडिकल कलेज हो । जसले गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार