विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल
अंग प्रत्यारोपितको टोली विजयी
हेल्थ टिभी अनलाइन : विश्व मिर्गौला दिवसको अवसर पारेर स्वास्थ्य अभियान नेपालले मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ । पत्रकार, कलाकार, समाजसेवी र चिकित्सकको टोलीलाई अंग प्रत्यारोपितको टोलीले दुईका बिरुद्ध तीन गोलले पराजित गर्यो । बिहिबार सातदोवाटोस्थित एन्फाकप्लेक्स फुटवल ग्राउण्डमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।
अंग प्रत्यारोपण गरेका व्यक्तिहरु पनि अन्य व्यक्ति सरह स्वस्थ, सबल र सक्षम हुन सक्छन् भन्ने कुरा फुटबलको नतिजाबाट थप प्रमाणित गरेको स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विज्ञ डा पुकारचन्द्र श्रेष्ठले बताए। यही कुराको जानकारी दिनका लागि पनि आफूहरुले प्रत्येक वर्ष मैत्रीपूर्ण फुटबल गराउँदै आएको उनले जिकीर गरे ।
फुटबल खेल खेल्नु अघि मिर्गौला रोगबारे जनचेतना जगाउनका लागि प्रभातफेरी समेत गरिएको थियो ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड