विश्व मिर्गौला दिवसको अवसरमा किष्ट अस्पतालमा विशेष कार्यक्रम
हेल्थ टिभी अनलाइन : विश्व मिर्गौला दिवसको अवसर पारेर ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले विशेष कार्यक्रम आयोजना गरि मनाएको छ । विस २०७८ सालबाट मिर्गौला प्रत्यारोपण सेवा शुरु गरी किष्ट अस्पताल निजि स्तरबाट संचालित स्वास्थ्य संस्थाहरुमा प्रत्यारोपणका लागि उत्कृट संस्थाका रुपमा आफनो परिचय बनाउन सफल भएको छ ।
अस्पतालका विज्ञ चिकित्सक, कर्मचारी, अस्पतालका कार्यकारी सदस्यहरु समेत भेला भएर मिर्गौला रोग र यसको उपचारकाबारेमा छलफल भएको थियो । यसका साथै विज्ञ चिकित्सकले मिर्गौला रोग लाग्नैबाट जोगिन अपनाउनुपर्ने उपायकाबारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा अस्पताल प्रशासनले मिर्गौला प्रत्यारोपण टीमलाई उत्कृष्ट सेवाका लागि धन्यवाद दिंदै कामको प्रशंसा समेत गरेको थियो । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?