Health TV Online
Health TV Online
Health TV Online

तीन दिने ‘नेपाल फर्मा एक्स्पो’ काठमाडौंमा सुरु

तीन दिने ‘नेपाल फर्मा एक्स्पो’ काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन : आजदेखि तीन दिने नेपाल फर्मा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा भइरहेको यो एक्स्पो १०औं संस्करण हो। नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक क्षमता प्रदर्शन गर्ने उद्देश्यका साथ फर्मा एक्स्पो गर्दै आएको आयोजकको भनाई छ ।

‘फर्मामा नवीनता – भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ सुरु भएको दशौं एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्माले गरिन् । उनले एक्स्पो उद्घाटन गर्दै आफू स्वास्थ्य मन्त्री भएर आएदेखि नै औषधिलाई पहिलो प्राथमिकतामा राखेको र स्वदेशी औषधिको हितमा काम गर्न लागि परेको जिकीर गरिन । उनले बीमाका लागि स्वदेशी औषधि मात्र सरकारले चलाउने व्यवस्था गर्नपर्नेमा जोड दिइन । उनले भनिन, ‘बीमाले एकैपल्ट स्वदेशी औषधि कम्पनीकै औषधि खरिद गरिदिंदा स्वदेशी उद्योगलाई ठूलो राहत हुन्छ तर औषधि चाहिं गुणस्तरयुक्त हुन पर्छ । यसले दुबै पक्षलाई वीन वीन अवस्था सिर्जना हुन्छ सरकारलाई पनि र उद्योगीलाई पनि ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लब अधिकारीका अनुसार नेपालमै विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ र ती औषधि सुरक्षित छन् भन्ने सरोकारवाला र आम जनमानसमा विश्वास दिलाउन यस एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा औषधि उत्पादन, भण्डारणदेखि कक्चा पदार्थ, मेशिनरी सामान ‘रिसर्च एन्ड डेभलप्मेन्ट’ र आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी लिन समेत सकिनेछ।

तीन दिनसम्म चल्ने एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार