स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा चुमनलाल दास
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन् ।
स्वास्थ्य मन्त्री डा सुधा शर्माले माघ ४ मा मन्त्रीस्तरीय निर्णय गर्दै डा दासलाई नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिएकी हुन् ।
मन्त्रालयको अति महत्वपूर्ण मानिने उक्त महाशाखा प्रमुखमा यसअघि डा कृष्ण पौडेल थिए । डा पौडेललाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । नारायणी अस्पतालको मेसु रहेका डा दासलाई केही महिना अघि मन्त्रालय तानिएको थियो । तर उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण