स्वास्थ्य पत्रकार भेटुवाल राप्रपाबाट काठमाडौं ६ का उम्मेदवार
हेल्थ टिभी अनलाइन : स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं ६ को उम्मेदवार बनाउने निर्णय गरेको हो। स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालका संस्थापक सदस्य समेत रहेका भेटुवालले लामो समयदेखि स्वास्थ्य पत्रकारिता गर्दै आएका थिए । उनी हाल स्वास्थ्य डायरी डटकममा समेत आबद्ध छन् ।
भेटुवाल पछिल्लो समय राप्रपाका केन्द्रिय सदस्य थिए भने सक्रिय रुपमा पार्टीमा लागेका थिए । स्पष्ट विचार राख्ने भेटुवाल समस्या उजागर गर्ने भूमिकाबाट नीति योजना निर्माण गर्ने ठाउँसम्म जाने प्रतिष्पर्धामा छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण