सुस्वास्थ अस्पतालले मनायो १० औं वार्षिकोत्सव
१८ हजार बढीले पाए सेवा
हेल्थ टिभी अनलाइन : प्राकृतिक चिकित्सामा छुट्टै नाम बनाउन सफल सुस्वास्थ अस्पतालले आफनो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ ।
यो १० वर्षमा १८ हजार भन्दा बढी बिरामीलाई सेवा दिइसकेको अस्पतालले झण्डै ८ हजार बिरामीलाई भने निशुल्क सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष एवम वरिष्ठ अकुपंचरिष्ट सुदर्शन बस्नेतले बताए । उनले भने, ‘सुस्वास्थ अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म ८ हजार बढी बिरामीलाई विभिन्न शिविरहरुमार्फत निशुल्क सेवा दिइसकेको छ ।’ उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए ।
विक्रम संवत २०५६ सालदेखि सञ्चालनमा आएको वैकल्पिक उपचार सेवा केन्द्रकोे विस्तारित रुप हो, सुस्वास्थ अस्पताल । सुस्वास्थले औषधिविहिन प्राकृतिक र समग्र उपचार पद्धतिमार्फत नागरिकलाई स्वस्थ जीवनतर्फ उन्मुख गराउने उद्देश्यका साथ आफ्ना पाइला अघि बढाइरहेको छ । प्राकृतिक चिकित्सा, अकुपंचर र फिजियोथेरापीलाई एकीकृत रुपमा प्रयोग गदै रोगीलाई निको पार्नु मात्र होइन रोग नलागेका व्यक्तिलाई पनि पूर्ण स्वास्थ्यको अनुभूति गराउनु हाम्रो मूल ध्येय हो अध्यक्ष बस्नेतले थपे ।
अस्पताल स्थापनाको सुरुवातकै समयमा महाभूकम्प त्यसपछि नाकाबन्दी र केही समय पछि कोभिड–१९ महामारीजस्ता चुनौतीपूर्ण समयलाई पार गरेको यस अस्पतालले प्राकृतिक चिकित्सा, अकुपञ्चर र फिजियोथेरापी सेवामा आफूलाई स्थापित गर्न सफल भएको छ ।
अध्यक्ष बस्नेतले बिरामीको विश्वास, स्वास्थ्यकर्मीको समर्पण र सहयोगी संस्थाको साथ नै संस्थाको प्रमुख शक्ति भएको बताएका छन्। पछिल्लो पटक ताइवानका विश्वविद्यालयसँगको सहकार्य, विदेशी इन्टर्नशीप, विशेष किसिमका तालिम तथा आधुनिक चिकित्सकको सेवा थपिनुले सुस्वास्थलाई थप सुदृढ बनाएको छ उनले थपे ।
हाडजोर्नीं, नशा च्यापिएका, प्यारालाइसिस भएका, माइग्रेन लगायतका बिरामीको प्रमख रोजाइको अस्पताल बन्न सफल सुस्वास्थ अस्पतालमा हाल ३४ जना दक्ष जनशक्ति रहेका छन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण