‘लैङ्गिकतामा आधारित हिंसा अन्त्य नगरी युनिभर्सल हेल्थ कभरेज सम्भव छैन्’
हेल्थ टिभी अनलाइन : ‘लैङ्गिकतामा आधारित हिंसा अन्त्य नगरी युनिभर्सल हेल्थ कभरेज सम्भव नहुने विज्ञहरुको भनाई रहेको छ । केही दिन अघि अनलाइनमार्फत आयोजना गरिएको एक विशेष कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । मानव अधिकार तथा युनिभर्सल हेल्थ कभरेजलाई बढावा दिनका लागि महिला हिंसा अन्त्य हुनैपर्ने उनीहरुको सुुझाव थियो ।
कार्यक्रममा मुख्य वक्ता डा पाम राजपुतले महिला तथा बालिकामाथि हुने हिंसा गहिरो रूपमा लैङ्गिक असमानतामा जरो गाडेको गम्भीर मानव अधिकार उल्लङ्घन भएको जनाइन् । उनले हिंसा अन्त्य गर्नतर्फको लक्ष्य विश्वव्यापी प्रगति अत्यन्तै सुस्त रहेको पनि उल्लेख गरिन्। उनले चिन्ताजनक तथ्यांक प्रस्तुत गर्दै भनिन्—’विश्वभर ८४ करोड ४० लाखभन्दा बढी महिलाले हिंसा भोगेका छन्, ५१ हजार महिला फेमिसाइड भएका छन्, र द्वन्द्वग्रस्त क्षेत्रमा हिंसा झन् बढ्दो क्रममा छ। महिला सांसद र पत्रकारहरू पनि उच्च स्तरको मनोसामाजिक तथा अनलाइन हिंसाको सामना गर्दै आक्रमणको शिकार भइरहेका छन्। तर सामान्य मानव अधिकारको समेत ख्याल गर्न सकेको देखिंदैन् उनले थपिन् ।
डा राजपुतले संरचनागत असमानता, पितृसत्तात्मक मान्यता तथा लैङ्गिक समानतामा अपर्याप्त लगानी अन्त्य गर्नुपर्ने आवश्यकता पनि टड्कारो रुपमा औँल्याइन्। उनले थपिन्, “नीति र व्यवहार दुवैमा महिलामाथिको हिंसाप्रति शून्य सहनशीलता आवश्यक छ।
सी एण्ड मिडिया राइट्सकी संयोजक तथा महिला अधिकारकर्मी शोभा शुक्लाले सन् २००० यता महिलामाथि विभिन्न बहानामा हुने हिंसामा कुनै पनि कमी आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले धेरै देशहरुमा महिलामाथि हुने हिंसा सम्बन्धी कानून कुनै न कुनै रुपमा रहे पनि त्यसको कार्यान्वयन पक्ष असाध्यै फितलो रहेको जिकीर गरिन् । यसैगरी आधा देशहरुमा अझै पनि यस सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नहुँदा महिलामाथि हिंसाका घटना भइरहेका छन् । यी हिंसा सम्बोधका लागि वित्तिय सहयोग सन् २०२२ यता घट्दो क्रममा रहेको पनि उनले उल्लेख गरिन् ।
अफ्रिकन गल्र्स एम्पावरमेन्ट नेटवर्ककी एस्थर असुक्वोले ‘लैङ्गिकतामा आधारित हिंसाले महिलाहरूलाई जबर्जस्ती यौनसम्पर्क, असुरक्षित यौन व्यवहार तथा सङ्क्रमणको जोखिमतर्फ झन् बढी संवेदनशील बनाउने बताइन्। यसैगरी अल्बर्टिना न्याट्सीले कलङ्क, विभेद र शक्ति असन्तुलनबाट प्रेरित एचआईभी र महिला हिंसाको दुष्चक्र महिलालाई सशक्त बनाउँदै र सेवाहरूलाई एचआईभी उपचार प्रणालीमा समावेश नगरी तोड्न नसकिनेमा जोड दिइन्। दिगो विकास लक्ष्य–५ का प्रतिबद्धताहरू औँल्याउँदै डा हुडा सैयदले विश्वभर २३ करोडभन्दा बढी महिला र किशोरीहरू महिला जननाङ्ग विच्छेदनरकटिङको सिकार भइसकेको र सन् २०२४ मा यसमा तीव्र वृद्धि देखिएको चेतावनी दिइन्।
युगाण्डाकी एन्जेल बाबिर्येले महिनावारीसम्बन्धी गरिबी किशोरीहरूको स्वास्थ्य, शिक्षा र गरिमामा ठूलो तर उपेक्षित अवरोध भएको बताइन्। असुरक्षित महिनावारी सामग्रीका कारण सङ्क्रमण हुने र आर्थिक कठिनाइका कारण केही किशोरीहरू लेनदेनात्मक यौनसम्पर्कमा संलग्न हुन बाध्य हुने हुँदा हिंसा र एचआईभीको जोखिम बढ्ने उनले भनिन्। युगाण्डामा महिनावारी सुरु भएपछि प्रत्येक ४ मध्ये १ किशोरीले विद्यालय छाड्ने र महिनावारीको समयमा विद्यालय अनुपस्थिती तीन गुणा बढ्ने तथ्य उनले प्रस्तुत गरिन्। बाबिर्येले समग्र महिनावारी स्वच्छता सहयोग, सुरक्षित सरसफाइ पूर्वाधार र महिनावारी स्वास्थ्यसम्बन्धी खुला तथा सामान्य छलफलको आह्वान गरिन्।
विज्ञहरुले महिलामाथि हुने हिंसा कायमै भएको अवस्थामा यसमा काम गर्नका लागि चाहिने फन्ड कटौती हुँदा यसमा अझ बढी गम्भीर असर पर्नजाने र अहिलेसम्म पाएको उपलब्धी पनि गुम्न सक्नेमा सबै चिन्तित भएर सोच्नपर्ने बेला आएको जिकीर गरे । यो कुराकानी सी एण्ड राइट्स सेसनमा भएको हो ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर