Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा

हेल्थ टिभी अनलाइन : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा झालाई जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी दिएकी हुन्।

यसअघि डा झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । उता कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा राम नारायण चौधरीलाई दिइएको छ । डा झा यसअघि पनि प्रयोगशालाको निर्देशक भएर काम गरिसकेकी थिइन। यसअघिका निर्देशक डा रन्जनराज भट्टलाई दरवन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा नै राखिएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?