मुसहर समूदायका अधिकांश बालबालिकाको छैन् स्वास्थ्य र शिक्षामा पहुँच
हेल्थ टिभी अनलाइन : मुसहर, सन्थाल र मुक्त हलियाको स्वास्थ्य र शिक्षामा अति न्यून मात्र पहुँच रहेको एक अध्ययनले देखाएको छ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट नेपाल) ले गरेको एक अध्ययन अनुसार यस्तो नतिजा देखिएको हो । काहुराष्टले स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालतमार्फत नेपालमा सीमान्तकृत समूदाय र सामाजिक रुपमा बहिष्कृत जनसंख्याको शसक्तिकरण परियोजना अन्तर्गत यो रिपोर्ट निकालेको हो ।
कार्यक्रममा रिपोर्टका बारेमा जानकारी दिंदै काहुराष्ट नेपालका अध्यक्ष हुकुम पोखरेलले सीमान्तकृत समूदायमा पर्ने मुसहर, सन्थाल तथा मुक्त हलियाहरुको सामाजिक, आर्थिक सांस्कृतिक रुपमा अझै पनि उत्थान हुन नसकेको र धेरै जना आधारभूत सेवाबाट नै वञ्चित भएको अध्ययनको नतिजाले देखाएको बताए । उनले भने, अझै पनि स्वास्थ्य र शिक्षा जस्तो आधारभूत सेवा नै यो समूदायले पाउन सकेको छैन अरु त के कुरा गर्ने ?
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले अहिलेको एक्काइसौं शताब्दीमा पनि कुनै समूदायले सामान्य सेवाबाट वञ्चित मात्र हैन भेदभाव र अपहेलना सहन पर्नु असाध्यै संवेदशनशिल विषय भएको र उनीहरुको मानवअधिकार हनन भएको जिकीर गरे । उनले नीति मात्र बनाएर नपुग्ने भन्दै सो नीति कार्यान्वयन गर्न सबै निकाय सक्रिय रुपमा लाग्नपर्ने बेला आएको बताए ।
काहुराष्टले विभिन्न संस्थासँगको सहकार्यमा सीमान्तकृत तीन समूदाय मुसहर, सन्थाल र मुक्त हलियाको आर्थिक, सामाजिक अवस्थाको बारेमा अध्ययन गर्दै आएको छ । यो पछिल्लो रिपोर्टले पनि उनीहरुको अवस्थामा खासै सुधार आएको देखिएको छैन् । कार्यक्रममा यी समूदायको उत्थानका लागि काम गर्दै आएका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण