पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा सृजना श्रेष्ठ नियुक्त
हेल्थ टिभी अनलाइन : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष रेक्टर पदमा प्राडा सृजना श्रेष्ठ नियुक्त भएकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस १४ गतेको निर्णय अनुसार डा श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो।
प्रतिष्ठानको सहकुलपति समेत रहेकी स्वास्थ्य मन्त्री डा सुधा शर्माले उपकुलपतिको सिफारिसमा डा श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा २१ को उपदफा १० अनुसार नियुक्त गरेकी हुन्।
डा श्रेष्ठको पदावधि चार वर्षको रहनेछ । प्राडा श्रेष्ठ वरिष्ठ बाल रोग विशेषज्ञ हुन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड