अनसनरत डा निकोलस भूसाल वीर अस्पतालमा भर्ना
हेल्थ टिभी अनलाइन : माइतीघर मण्डलामा अनशन बसेका डा निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको छ ।
९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो। उनलाई नेपाल चिकित्सक संघका पहलमा उपचारका लागि अँस्पतालसम्म लगिएको हो।
भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक डा दिलिप शर्माले जानकारी दिएका छन्।
जेनजी आन्दोलनमा गोली चलाउनेमथि तत्काल कारवाही गर्नुपर्ने, भ्रष्टाचारको छानविन गर्नुपर्ने, जेनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखी उनी ९ दिनदेखि अनसनरत थिए ।
प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर अनसन बसिरहेका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै