Health TV Online
Health TV Online
Health TV Online

उच्च अदालत पाटनद्धारा डा अरुण शाहीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनद्धारा डा अरुण शाहीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हेल्थ टिभी अनलाइन : उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदका उम्मेदवार डा अरुण शाहीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । साथै उच्च अदालतले नेपाल चिकित्सक संघ, निर्वाचन समिति लगायतलाई कारण देखाउ आदेश जारी गरेको छ।

यसअघि नेपाल चिकित्सक संघको निर्वाचन समितिले प्रक्रिया नमिलेको भन्दै डा शाहीको उम्मेद्धारी खारेज गर्ने निर्णय गरेको थियो । आदेशमा निर्वाचन समितिले ५ पुस र ९ पुसमा सार्वजनिक गरेको नाम सूची सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

यसै क्रममा डा शाहीले नेपाल चिकित्सक संघको विधान र नियमवाली विपरित समितिले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै रोक्न अन्तरिम आदेश मागेका थिए। प्रक्रिया पूरा गरेर आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरिएको भन्दै डा शाहीले सुरुमा निर्वाचन समिति समक्ष पुनर्विचारका लागि निवेदन दिए पनि त्यसको सुनुवाइ नभएपछि अदालत गएका थिए । योसँगै अब उनी उम्मेदवार हुन पाउने बाटो खुलेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार