चिकित्सक संघ निर्वाचन : टीम मंगलले सार्वजनिक गर्यो चुनावी संकल्प पत्र
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघ एनएमए को आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्धारी दिएका डा मंगल रावलको टिमले आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गरेको छ । डा रावल नेतृत्वको टिमले शनिबार पत्रकार सम्मेलन गरी संकल्प पत्र सहित टिम सार्वजनिक गरेको हो ।
डा मंगलको टिममा बरिष्ठ उपाध्यक्षमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदी र महासचिवमा डा कालुसिंह खत्रीको उम्मेद्धारी रहेको छ ।कोषाध्यक्षमा डा चाँदनी जैसवाल, सह कोषाध्यक्षमा डा सुवास गुरुंग र सहसचिवमा डा राम जीवन प्रसादको उम्मेद्धारी रहेको छ ।
उपाध्यक्ष कोशी प्रदेश संयोजकमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा टंकप्रसाद बाराकोटी, उपाध्यक्ष (मधेश प्रदेश संयोजक) वीरगञ्जका डा उदयनारायण सिंह र उपाध्यक्ष (बागमती प्रदेश संयोजक) मा मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीको उम्मेद्धारी परेको छ । यस्तै गण्डकीको उपाध्यक्षमा डा यज्ञ राज सिग्देल, लुम्बिनीको उपाध्यक्षमा डा सन्तोष पोखरेल, कर्णालीको उपाध्यक्षमा डा रविन खड्का र सुदूरपश्चिमको उपाध्यक्षमा डा निरज अर्याल उम्मेदवार रहेका छन् ।
यसैगरी सदस्यहरुमा डा अमित झा, डा अरुण उप्रेती, डा दिक्षा बोहरा, डा निराजन तामाङ, डा पल्पसा श्रेष्ठ र डा जेवाना अन्सारीको उम्मेद्धारी परेको छ ।शनिबार संकल्प पत्र सार्वजनिक गर्दा अध्यक्षका उम्मेद्धार डा रावलले व्यवसायिक, सहभागितामूलक, सेवामूलक र पारदर्शी एनएमएको परिकल्पना गरिएको छ ।
यस्तै संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम र अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितमा कुनै हानी नपुर्याउने, चिकित्सक संघका गतिविधीमा राजनीति संलग्नता नरहने प्रतिद्धता गरिएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै