प्रोस्टेट सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन : काठमाडौंको बानेश्वरमा जेष्ठ नागरिकका लागि प्रोस्टेटसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रोस्टेट फाउन्डेसनका तर्फबाट वरिष्ठ युरोलोजिस्ट डा दीपक रौनियारले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् । उमेर बढ्दै गएपछि प्रोस्टेटको समस्या हुने भएकाले सोबारे जानकार हुन र केही लक्षण देखिएमा तुरुन्त उपचारमा जानका लागि आग्रह गर्दै उक्त कार्यक्रम गरिएको डा रौनियारले जानकारी दिए ।
उक्त कार्यक्रममा ५० जनाभन्दा बढी जेष्ठ नागरिक सहभागी भएका थिए ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड