नेपाल क्यान्सर अस्पतालमा इन्टरभेन्सनल पल्मोनोलोजी सम्बन्धी कार्यक्रम
हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा इन्टरभेन्सनल पल्मोनोलोजी सिएमईः क्रायो-एयरवे रेस्टोरेसन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अस्पतालको सेमिनार हलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले गरेका थिए ।
सो क्रममा उनले नेपाल क्यान्सर अस्पतालमा इन्टरभेनसनल पल्मोनोलोजी सेवाको महत्व, यसको निरन्तर विकास तथा संस्थाले प्रदान गर्दै आएको उन्नत श्वासप्रश्वास उपचार सेवाबारे उल्लेख गरेका थिए । कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले कार्यक्रमको उद्देश्य, वैज्ञानिक महत्व तथा चिकित्सकीय अभ्यासमा यसले पार्ने सकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए । वैज्ञानिक सत्रको नेतृत्व कन्सल्ट्यान्ट क्लिनिकल इन्टरभेनसनल पल्मोनोलोजिष्ट डा विश्वास शर्माले गरेका थिए ।
डा शर्माले इन्टरभेनसनल पल्मोनोलोजी अन्तर्गतका पाँच फरक-फरक केसहरु प्रस्तुत गर्दै क्रायो-एयरवे रिस्टोरेसन प्रविधीको प्रयोग, प्रभावकारिता र क्लिनिकल उपयोगिताबारे विस्तृत जानकारी दिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण