स्पार्क हेल्थ होमद्धारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
हेल्थ टिभी अनलाइन : काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाडौं महानगरको वडा नं १३ र १४ सँगको सहकार्यमा अस्पतालले हाडजोर्नी तथा नशासम्बन्धी शिविर सञ्चालन गरेको हो । अस्पताल प्रांगणमा बिहान ८ बजेदेखि ३ बजेसम्म चलेको नि:शुल्क शिविरमा ८० भन्दा बढी बिरामीले नि:शुल्क सेवा लिएको अस्पतालका निर्देशक रुपेश अधिकारीले जानकारी दिए । उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष हामीले यस खालको विशिष्टिकृत सेवासहितको नि:शुल्क शिविर गर्दै आएका छौं । यसबाट धेरै बिरामी लाभान्वित हुने हाम्रो विश्वास छ ।’
विशेषगरी हड्डी खिइएका,नशा च्यापिएका, प्यारालाइसिस, ढाड दुख्नेलगायत समस्या भएका बिरामीले यस शिविरबाट लाभ लिएका थिए । सेवा दिनका लागि अस्पतालका प्राकृतिक चिकित्सक डा गिता केसी, वरिष्ठ फिजियोथेरापिष्ट अनिल महतो लगायतको टोली खटिएको थियो ।
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, भिडियो एक्सरे, इसिजि, ईको आदिमा विशेष छुट समेत प्रदान गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण