‘हेल्थ इकोनोमिक्स’ सम्बन्धी २ दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
हेल्थ टिभी अनलाइन : ‘हेल्थ इकोनोमिक्स’ स्वास्थ्य अर्थशास्त्र सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल स्वास्थ्य अर्थशास्त्र संघ लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको २ दिने अन्तराष्ट्रिय सम्मेलनको उदघाटन सत्रमा स्वास्थ्य तथा जनसख्या मन्त्री डा सुधा शर्मा तथा अर्थमन्त्री रामेश्वर खनालको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा उदघाटन मन्तब्य राख्दै डा शर्माले नेपालमा स्वास्थ्य अर्थशास्त्र बलियो बनाउन बीमा कार्यक्रमलाई शसस्त बनाउँदै लानपर्नेमा जोड दिइन । उनले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको र यसका लागि सबैको साथ सहयोगको अपेक्षा गरेको बताइन ।
यसैगरी अर्थमन्त्री खनालले स्वास्थ्य क्षेत्रको सुधारका लागि बजेटले ठूलो भूमिका खेल्ने भन्दै स्वास्थ्यको बजेट बढ्नुको सट्टा घट्नु दुखद भएको बताए । उनले स्वास्थ्यमा गरिएको लगानी खर्च नभएर यसले पछि उपलब्धीमूलक रिटर्न दिने पनि जिकीर गरे ।
यसैगरी कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले नसर्ने रोगको भार बढिरहेका बेला सरकारले मादक पदार्थ, सुर्तीजन्य पदार्थ, जंकफुड लगायतका वस्तुमा कर बढाएर नसर्ने रोग कम गर्न पहल गर्नपर्ने बेला आइसकेको जिकीर गरे । कार्यक्रममा स्वास्थ्य अर्थशास्त्र , जनस्वास्थ्य क्षेत्रका विविध विषयमा प्रस्तुतीकरण रहेका छन् । दुई दिने सम्मेलनमा देश विदेशका गरी ३ सय जनाको सहभागिता रहने आयोजकले जनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन
किष्ट अस्पतालद्वारा २ सय जना अंगदातालाई सम्मान