मानसिक स्वास्थ्य सचेतना अभियान सुरु
हेल्थ टिभी अनलाइन : मानसिक स्वास्थ्यको पनि कुरा गर्न जरुरी छ भन्दै सरकारले आजदेखि ‘स्वस्थ मन, स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले कार्यक्रमको उद्घाटन गर्दै यो अभियान सुरु गरेकी हुन् । यो अभियान देशभरमा आजैबाट सुरु भएको छ ।
स्वस्थ मन, स्वस्थ जीवन’ नारासहित यो अभियान डिसेम्बर १० आजदेखि मार्च १४ सम्म सञ्चालन गर्ने बताइएको छ । तीन महिने यो अभियानको आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले एक समारोहका बीच शुभारम्भ गर्दै मन्त्री डा शर्माले युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न पनि यो अभियान महत्वपूर्ण हुने बताइन् । मानसिक स्वास्थ्यबारे सचेतना जगाएर सबैलाई यसबारे खुलेर कुरा गर्न प्रेरित गर्न पनि अभियान जरुरी रहेको उनले जिकीर गरिन ।
नेपालमा विभिन्न अध्ययन अनुसार हरेक १० जनामध्ये १ जनालाई कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएको देखिन्छ । यसैगरी हरेक ४० जनामध्ये एक जनाको आत्महत्याका कारण मृत्यु हुने बताइन्छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड