मानसिक स्वास्थ्य सचेतना अभियान सुरु
हेल्थ टिभी अनलाइन : मानसिक स्वास्थ्यको पनि कुरा गर्न जरुरी छ भन्दै सरकारले आजदेखि ‘स्वस्थ मन, स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले कार्यक्रमको उद्घाटन गर्दै यो अभियान सुरु गरेकी हुन् । यो अभियान देशभरमा आजैबाट सुरु भएको छ ।
स्वस्थ मन, स्वस्थ जीवन’ नारासहित यो अभियान डिसेम्बर १० आजदेखि मार्च १४ सम्म सञ्चालन गर्ने बताइएको छ । तीन महिने यो अभियानको आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले एक समारोहका बीच शुभारम्भ गर्दै मन्त्री डा शर्माले युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न पनि यो अभियान महत्वपूर्ण हुने बताइन् । मानसिक स्वास्थ्यबारे सचेतना जगाएर सबैलाई यसबारे खुलेर कुरा गर्न प्रेरित गर्न पनि अभियान जरुरी रहेको उनले जिकीर गरिन ।
नेपालमा विभिन्न अध्ययन अनुसार हरेक १० जनामध्ये १ जनालाई कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएको देखिन्छ । यसैगरी हरेक ४० जनामध्ये एक जनाको आत्महत्याका कारण मृत्यु हुने बताइन्छ ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम