नेपाल क्यान्सर अस्पतालमा अबदेखि अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
हेल्थ टिभी अनलाइन : ललितपिुरको हरिशिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा अबदेखि अनलाइनबाटै डाक्टरको अपोइन्टमेन्ट लिन सकिने भएको छ । अस्पतालले बुधबार एक कार्यक्रमकाबीच नयाँ डायनामिक वेबसाइट सार्वजनिक गर्दै एन्ड्रोइड एप मार्फत विशेषज्ञ डाक्टरको अपोइन्टमेन्ट सजिलै लिन सकिने सुविधा सुरू गरेको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदीप श्रेष्ठले प्रविधिको जमानामा अब हामी पनि अपग्रेड हुन पर्छ भनेर यो वेभसाइट तथा एप तयार गरेको भन्दै यसले बिरामीहरुलाई धेरै नै सजिलो हुने बताए । उनले बिरामीले घरबाटै आफूलाई चाहिने डाक्टरको समय लिनसक्ने र सो समयमै मात्र आए पुग्ने पनि जिकीर गरे । यसैगरी कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विजेशराज घिमिरेले नयाँ डायनामिक वेभसाइटबाट बिरामीले सबै सूचना लिनसक्ने र अस्पतालमा को को डाक्टर तथा कस्ता सेवा छन् भन्ने कुरा पनि सजिलै जान्न सक्ने बताए । उनले यसले गर्दा बिरामी आफूलाई उपचार गराउने डाक्टरकाबारेमा जानकारी हुने र यसले बिरामी र डाक्टर दुबैलाई फाइदा हुने जनाए । उता अस्पतालका प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले ढिलै भए पनि अस्पतालले डिजिटल प्राक्टिस सुरु गर्न सकेको र यसले सबैलाई सहज हुने बताए । उनले भने अहिले यो एप एन्ड्रोइड फोनमा मात्र उपलबध भए पनि छिटै सबै खालका फोनमा उपलब्ध हुने जानकारी दिए ।
यसैगरी अस्पतालले क्यान्सरका बिरामीका लागि आवश्यक पर्ने औषधि उनीहरुको घरमै उपलब्ध गराउने डेलिभरी सेवा पनि सुरु गरेको छ । यो सेवासुरुसँगै बिरामीलाई औषधि चाहिएमा अस्पतालमा कल गरेर अनलाइनमार्फत मगाउन सक्छन् । अस्पताल नै आइरहन परेन ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?