पेट तथा कलेजो सम्बन्धी विशिष्टीकृत ‘नेशनल ग्यास्ट्रो लिभर सेन्टर’ सञ्चालनमा
हेल्थ टिभी अनलाइन : पेट तथा कलेजो सम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवा दिनका लागि ललितपुर स्थित लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरूको समन्वयमा सञ्चालनमा आएको उक्त केन्द्रले कलेजो तथा पाचनतन्त्रसम्बन्धी रोगहरूको गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
सेन्टरले आफ्नो सेवालाई ‘उत्कृष्टताको क्लिनिक’का रूपमा विकसित गर्दै एआई–सहायित निदान, उन्नत इन्डोस्कोपी, तथा आधुनिक मेडिकल प्रविधिको प्रयोगमार्फत छिटो, शुद्ध र विश्वसनीय सेवा उपलब्ध गराउने जनाएको छ।
पेट सम्बन्धी साना रोगदेखि जटिल पाचन तथा कलेजोसम्बन्धी स्वास्थ्य समस्यासम्म केन्द्रित उपचार उपलब्ध गराउने योजना यस सेन्टरले अघि सारेको छ। उक्त सेन्टरमा पेट तथा कलेजो सम्बन्धी सेवा बाहेयक तथा प्रसूती, मुटु, छाती लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्ने बताइएको छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड