Health TV Online
Health TV Online
Health TV Online

विश्व अकुपञ्चर दिवस मनाइयो, यसको महत्वबारे छलफल

विश्व अकुपञ्चर दिवस मनाइयो, यसको महत्वबारे छलफल

हेल्थ टिभी अनलाइन : काठमाडौंमा शनिबार विश्व अकुपञ्चर दिवस मनाइएको छ । नेपाल अकुपञ्चर मोक्जिबुसन एण्ड एक्युप्रेसर एसोसिएशन र चाइनिज मेडिसिन डाक्टर्स सोसाइटी अफ नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर यो दिवस मनाइएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अकुपञ्चर लगायतका बैकल्पिक चिकित्सा सेवाको महत्व अत्यन्त धेरै रहेको भन्दै यसलाई अझै व्यवस्थित गर्दै लानपर्नेमा जोड दिए । उनले यसको प्रवर्धन नीतिगत रुपमै गर्नपर्ने समेत जिकीर गरे ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष अकुपंचरिष्ट सुदर्शन बस्नेतले नेपालमा पछिल्लो समय अकुपञ्चरप्रति बिरामीहरुको विश्वास बढेको भन्दै यसको प्रवर्धनमा सबै मिलेर काम गर्ने बेला आएको बताए । उनले भने, ‘अकुपञ्चर पाँच हजार बर्ष अघि देखि चीनमा अभ्यास हुँदै आएको परम्परागत उपचार पद्धतीको एउटा भाग हो जसले शरीरका विशेष विन्दु जसलाई अकुप्वाइन्टस भनिन्छ, ती विन्दुहरुमा विशेष प्रकारका सियोले घोचेर उपचार गरिन्छ । यो औषधीविहीन अत्यन्त प्रभावकारी उपचार पद्धति हो ।’

अकुपञ्चर सेवा पद्धति हाडजोर्नी ,नशाको समस्या, माइग्रेन, पेटको समस्या, तनाव व्यवस्थापन लगायतका धेरै वटा रोगहरुमा प्रयोग गर्न सकिने र कहिलेकाहीं अन्य सेवासँग एकीकृत रुपमा लाँदा अझ बढी प्रभावकारी हुने समेत उनले जिकीर गरे ।

कार्यक्रममा अकुपञ्चरको प्रभावकारिता, यसको विश्वव्यापी महत्व तथा नेपालमा यसको विस्तार सम्बन्धी विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार