Health TV Online
Health TV Online
Health TV Online

मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

हेल्थ टिभी अनलाइन :  मधुमेहसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलन यसपटक डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालले नेपालमा गरेको हो ।

सम्मेलनमा यो क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको र त्यसमध्ये ५० जना अन्तराष्ट्रिय विज्ञहरु रहेको आयोजक समितिका सचिव डा सन्तोष शाक्यले जानकारी दिए ।

सम्मेलनका बारेमा थप जानकारी दिंदै डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालका अध्यक्ष डा अमित शाक्यले मधुमेहका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको बताए । उनले भने, ‘यस प्रकारको सम्मेलनमा हुने छलफलमा एक अर्काको देशमा भइरहेका उपचार, बिरामीको अवस्था तथा नयाँ नयाँ कुराको बारेमा जानकारी हुने र धेरै कुरा सिक्ने मौका मिल्छ । त्यसैले पनि यस खालको छलफल भइरहन जरुरी छ ।’

कार्यक्रममा आइडीएफका अध्यक्ष डा वंशी सबोले साउथ इस्ट एशियामा मधुमेहको अवस्था उस्तै उस्तै रहेको बताउँदै यसलाई कम गर्न संयुक्त रुपमा गाइडलाइन्स बनाएर जान सकिने बताए । उनले जीवनशैलीसँग सम्बन्धित यो रोगकाबारेमा जनचेतना र समयमै उपचार नै यसको मुख्य आधार भएको बताए । आफनो खानपान र एक्सरसाइजमा मात्र ध्यान दिएमा धेरै हदसम्म मधुमेह कम गर्न सकिने पनि उनले जिकीर गरे ।

आयोजक समितिकी अध्यक्ष डा डिना श्रेष्ठका अनुसार सम्मेलनमा मधुमेह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य गम्भीर राेग र समस्या लगायतका विषयमा प्रस्तुतीकरण रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार