आरुस लाइफस्टाइल अस्पतालको प्रभातफेरीमा ललितपुरका मेयरको सहभागिता
हेल्थ टिभी अनलाइन : आरुस लाइफस्टाइल अस्पतालले शनिबार विश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि सहभागिता जनाएका छन्।
उक्त जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै मेयर महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा अघि बढाइरहेको र त्यसका लागि हरेक नागरिक स्वस्थ हुन आवश्यक रहेको जनाए । उनले भने, ‘खानपानमा ध्यान नदिंदा मधुेमह लगायतका नसर्ने रोग बढिरहेको छ अब हामी यसमा सबै जना सचेत भएर आफनो खानपान र शारीरिक व्यायाममा ध्यान दिनतर्फ लाग्नुपर्नेछ ।’ नगरवासीलाई स्वस्थ बनाउनका लागि विभिन्न कार्यक्रमहरु अघि सार्ने र त्यसका लागि आरुसलाइफस्टाइल अस्पालसँग सहकार्य गर्न आफू तयार रहेको पनि मेयर महर्जनले जिकीर गरे ।
मधुमेहबारे जनचेतना जगाउन हरेक वर्ष विश्वभर १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउने गरिन्छ । त्यही अवसरमा आरुस अस्पतालले पनि प्रभातफेरि निशुल्क सुगर जाँच जस्ता विविध कार्यक्रम अघि सारेको छ । आज गरिएको प्रभातफेरीमा अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।
प्रभातफेरी कार्यक्रम आरुस लाइफस्टाइल अस्पताल, डाइबेटिज, इन्डोक्रोइनोलोजी एशोसिएसन अफ नेपाल (डीन) र प्रज्ञा फाउन्डेसनद्धारा संयुक्त रुपमा आयोजना गरिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण