यस वर्ष २७ जनाले पाए ‘ग्लोबल एएमआर मिडिया अवार्ड’
हेल्थ टिभी अनलाइन : यस वर्षको ग्लोबल एएमआर मिडिया अवार्डबाट विभिन्न देशका २७ जना मिडियाकर्मी सम्मानित भएका छन् । यसमध्ये ८ जनाले स्पेशन मेन्सन अवार्ड पाएका छन् ।
एन्टीमाइक्रोबिल रेसिस्टेन्स सम्बन्धी जनचेतना जगाउन आफनो रिपार्टिङ मार्फत महत्वपूर्ण भूमिका खेलेका मिडियाकर्मीलाई गत वर्षदेखि ग्लोबल एएमआर मिडिया अलायन्सले यो अवार्ड प्रदान गर्न सुरु गरेको हो । अवार्ड पाउनेहरुमा पान अमेरिकन रिजनबाट प्रथम जोनाथन ल्यामबर्ट, दोस्रो एन्ड्रु ज्याकब्स र तेस्रो भएका छन् जेरी क्लेन । यसैगरी अफ्रिकन रिजनबाट एलिजावेथ प्रथम, फेज कारिकुई द्धितिय र तृतीय स्थानमा २ जना अमाल र डेभिडा रहेका छन् ।
यसैगरी एशिया प्यासिफिक रिजनबाट शौतिक विश्वास प्रथम, अमन्दा द्धितिय र सुमी सुकन्या तृतीय भएका छन् । यूरोपियन रिजनबाट केट काभानन प्रथम, जोनी द्धितिय र युगेनी तृतीय भएका छन् । यसैगरी ८ जनाले स्पेशन मेन्सन अवार्ड पाएका छन् । यो वर्षदेखि छुट्टै इन्डिया एएमआर मिडिया अवार्ड क्याटागोरी पनि सुरु गरिएको छ । यसमा प्रथम हुनेमा अथिरा, दोस्रो हुनेमा संकेत जेन र तेस्रो स्थानमा लता मिश्र रहेकी छन् । उलभावी, निरज कुमार र स्नेहाले स्पेसल मेन्सन अवार्ड पाए।
अलायन्सले ४ वटा क्षेत्र छुट्याएर अवार्डका लागि प्रकाशित समाचारको माग गरेको थियो । छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित ३४ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ३२ देशबाट ३२३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्। विभिन्न क्याटागोरी गरी २७ जनाले यो अवार्ड पाएका छन् ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्थ्य चुनौतीको रुपमा राखेको छ । एएमआरका कारण विश्वमा रोगको उपचारमा जटिलता र मृत्यु बढ्दै गएपछि विज्ञ र सरोकारवालाहरु यसमा चिन्तित हुँदै अब एन्टीबायोटिकको बढी र गलत प्रयोगलाई रोक्न मिडिया लगायत सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिन थालेका छन् । नोभेम्बर महिनाको १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने गरिन्छ ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?