मधुमेह केहो ? कस्ता व्यक्ति जोखिममा ?
हेल्थ टिभी अनलाइन : मधुमेह रगतमा चिनीको मात्रा बढी भएपछि लाग्ने दीर्घकालिन रोग हो । त्यसैले यसलाई बोलीचालीको भाषामा चिनी रोग पनि भनिन्छ । मधुमेहको समस्या अहिले संसारभर बढिरहेको छ । अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण मधुमेह सबैतिर बढिरहेको छ । जटिल मानिने यो रोगमा ५० प्रतिशतलाई कुनै लक्षण बिना नै धेरै हानी गरिसकेको हुन्छ । कस्ता व्यक्ति मधुमेहको जोखिममा हुन्छन् त ?
-जो व्यक्ति बढी मोटा छन् ।
-जसको परिवारमा कसैलाई मधुमेह छ ।
-जसलाई मटु, मिर्गौलाको रोग छ ।
=जो सानोमा कुपोषणको शिकार भएको थियो ।
-जसको आमालाई कुपोषण थियो ।
-जो व्यक्ति व्यायाम गर्दैन ।
-जसले बाहिरको जंकफुड खान्छ ।
मधुमेहलाई नियन्त्रण गर्न के गर्ने ?
मधुमेहलाई नियन्त्रण गर्नका लागि डाक्टरको सल्लाह बमोजिम औषधीको सेवन गर्ने त छँदैछ । त्यसबाहेक आफनो खाने बानी तथा जीवनशैलीमी परिवर्तन ल्याउन जरुरी हुन्छ । पहिलो कुरा त आफनो खानामा सिधै चिनीमा परिणत हुने खानाहरु कम समावेश गर्नुपर्छ । जस्तै भात, आलु, मैदाबाट बनेको खानेकुरा, पाउरोटी, बिस्कुट, मिठाइ जस्ता खाना सकेसम्म कम खाने गर्नुपर्छ । आफनो खानामा सागसब्जी, गेडागुडी, प्राकृतिक खाना समावेश गर्दा सुगर लेबल बढ्न दिंदैन । खाना खाँदा एकैपटक धेरै खाने भन्दा पनि थोरै थोरै खाएको राम्रो हुन्छ । यसका साथै नियमित व्यायाय गर्न जरुरी हुन्छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन