स्वास्थ्यमा कर्मचारीको जिम्मेवारी हेरफेर
हेल्थ टिभी अनलाइन : स्वास्थ्य मन्त्रालयले आफना केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा उपाध्यायलाई परिवार कल्याण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिने निर्णय गरेकी हुन् ।
यसअघि परिवार कल्याण महाशाखामा निर्देशक रहेका डा विवेककुमार लाल विरुद्ध मुद्धापरेपछि उनी निलम्बनमा परेका थिए । जसले गर्दा उक्त पद रिक्त थियो । यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा डा राधिका थपलियालाई ल्याइएको छ । यसैगरी यसअघिका केन्द्रका निर्देशक केशव पण्डितलाई व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
व्यवस्थापन महाशाखामा रहेका डा पवनजंग रायमाझीलाई मन्त्रालयले उपचारात्मक सेवा महाशाखाको निर्देशक बनाएको छ । यसैगरी नारायणी अस्पतालका निर्देशक डा चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड