नर्सहरुको आन्दोलन जारी
हेल्थ टिभी अनलाइन : नर्सको सेवा सुविधाका सम्वन्धमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पछि सहमतिका बुँदामा हस्ताक्षर गरेको नेपाल नर्सिङ संघ ‘फेरि पछि सरेको छ । आइतबार विज्ञप्ती जारी गर्दै एक नम्बर बुँदामा सहमति भए पनि बाँकी बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति भएको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
४८ घण्टाको समय सिमा तोक्दै यस अवधी भित्र बाँकी माग पुरा नभए निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवा ठप्प पार्ने घोषणा गरेको छ । नवनियुक्त स्वास्थ्य मन्त्री डा सुधा शर्माको उपस्थितिमा भएको छलफलमा निजी मेडिकल कलेज सञ्चालक, निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिसहित नर्सिङ संघका प्रतिनिधिले पनि हस्ताक्षर गरेका थिए ।
आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको पक्षबाट प्रतिनिधि बनेर गएकी ज्योति रानाभाटको समूहले सहमतिमा आपत्ती जनाएर हस्ताक्षर नगरी फर्केको थियो । उनीहरुले नर्सिङ संघविरुद्ध नारा समेत लगाएका थिए ।
आकस्मिक छलफल गरी संघले आन्दोलनलाई फेरि निरन्तरता दिने घोषणा गरेको हो । योसँगै नर्सहरुको आन्दोलन जारी रहेको छ । यता स्वास्थ्य मन्त्रालयले नर्सहरुलाई काममा फर्किन आग्रह गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड