‘क्यान्सर जित्न उपचारसँगै परिवारको साथ अपरिहार्य’
हेल्थ टिभी अनलाइन : क्यान्सर लागिसकेपछि यसलाई जित्न उपचारसँगै परिवारको साथ पनि त्यति नै अपरिहार्य रहेको सर्भाइभर्सले बताएका छन् ।
देविका वन्दना फाउन्डेसनको उदघाटन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा आयोजित कार्यक्रममा क्यान्सर सर्भाइभर गायिका वन्दनाले क्यान्सर बिरामीको सेवाका लागि आफनै नामको फाउन्डेसनको सुरुवात गरेकी छिन् । उक्त कार्यक्रमको उदघाटन वरिष्ठ गायिका मिरा राणाले गरेकी थिइन । उनी पनि क्यान्सर सर्भाइभर हुन् । कार्यक्रम नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरू र नेपाल क्यान्सर सपोर्ट ग्रुपको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा गायिका देविका बन्दनाले आफूले सकारात्मक सोच, आत्मबल, र परिवारको साथका कारण स्तन क्यान्सरलाई जित्न सफल भएको अनुभव सुनाइन् । उनले क्यान्सर जित्नका लागि उचित उपचारसँगै परिवारको बलियो साथ र सामाजिक समर्थन आवश्यक हुने बताइन् । उनले स्तन क्यान्सर लागेदेखिका आफ्ना अनुभूति र यात्रालाई समेटिएको पुस्तक ‘जित्नेको हाँसो’ पनि सार्वजनिक गरिन्।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले पहिले क्यान्सरलाई मृत्युसँग जोडेर हेरिने गरिएको भए पनि अहिले त्यो अवस्था नरहेको बताए। उनले पहिले जस्तो अहिले नरहेको र क्यान्सर पनि अन्य रोग जस्तै बेलैमा उपचार गरे निको हुने बताए । सबैको साथ सहकार्य र बेला बेलामा जाँच गर्ने बानीले क्यान्सर लागे पनि जित्न सकिनेमा जोड दिए ।
कार्यक्रममा क्यान्सर जितेकाहरुले आ आफ्नो उपचार अनुभव साटासाट गरेका थिए । उनीहरुको एउटै आवाव थियो, क्यान्सर लाग्दैमा मरिंदैन, बेलैमा उपचार र परिवारको साथ भएमा यो रोगलाई जित्न सकिन्छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण