वंशाणुगत स्तन क्यान्सर सम्बन्धी छलफल सम्पन्न
हेल्थ टिभी अनलाइन : अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यही अवसर पारेर नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वंशाणुगत रुपमा स्तन क्यान्सरबारे छलफलको आयोजना गरेको छ ।
अस्पतालमा विज्ञ डाक्टर तथा क्यान्सर सभाईभरवीच उक्त छलफल चलाइएको हो । उक्त छलफल कार्यक्रममा वरिष्ठ मेडिकल अंकोलोजिस्ट तथा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले स्तन क्यान्सर ५ देखि १० प्रतिशतसम्म वंशाणुगत रुपमा हुनसक्ने भन्दै यसलाई बेलैमा पत्ता लगाउन सके सचेत भएर सुरुमै पत्ता लगाउनसक्ने बताए । उनले आफनो अस्पतालमा यस विषयमा व्यापक छलफल हुने तथा सचेतना कार्यक्रम हुने भए पनि बिरामी पनि यसबारेमा सचेत हुन आवश्यक हुन आवश्यक रहेको जिकीर गरे ।
यसैगरी कार्यक्रममा ब्रेस्ट अंको सर्जन डा कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने कसैलाई पनि जानकारी नभएकोले यसबारे सचेत भएर बेला बेलामा जाँच गरिरहनु नै एक मात्र उपाय भएको बताए । उनले भने, वंशाणुगत स्तन क्यान्सरको हकमा भने सुरुमै यो पत्ता लगाएर पहिलेदेखि नै यसबाट बच्ने उपायहरु गर्न सकिन्छ ।
कार्यक्रममा मेडिकल अंकोलोजिस्ट डा विजेशराज घिमिरे, डा प्रफुल्ल शाक्य, डा हरि ढकाल लगायतले आ-आफनो धारणा राखेका थिए । क्यान्सर सर्भाभरहरुले पनि स्तन क्यान्सर बेलैमा उपचार गरे निको हुने भन्दै बेलैमा सचेत हुन आग्रह गरे ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?