भ्रष्टाचारको आरोपमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्रा विरुद्ध मुद्दा
हेल्थ टिभी अनलाइन : भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा संगीता मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार बिशेष अदालतमा उनीसहित १४ जनाविरूद्ध मुद्दा दर्ता गरेको हो । मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा विवेकुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, जनस्वास्थ्य अधिकृत दिपक अधिकारी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
यसैगरी तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरिक्षक संजयकुमार साह, म्याक्सिम ईन्कर्पेरिशन ट्रेडस प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरूद्ध पनि मुद्दा दायर गरिएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मिलोमतोमा मेसिन खरीद गरेको उनीमाथि आरोप छ । अख्तियारले करीब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी मिश्रा सचिव बन्न नपाएपछि छ महिनादेखि बिदा बसेकी थिइन । जेनजी आन्दोलनपछि भने उनी मन्त्रालयमा हाजिर गर्न गएर राजिनामा दिएर फर्केकी थिइन । उनको स्वास्थ्यमन्त्रीमा नाम समेत सिफारिस भएको थियो । पछि विवादास्पद देखिएपछि यो कदमबाट सरकार पछि हटेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण