यसकारण आवश्यक छ विद्यालय तहमा बृहत् यौनिकता शिक्षा
हेल्थ टिभी अनलाइन : बृहत् यौनिकता शिक्षा सबैको लागि त्यति नै महत्वपूर्ण छ तर अझै पनि यसकाबारेमा धेरै छलफल नै हुँदैन भने धेरै देशहरुमा विद्यालयका पाठ्यक्रममा यो विषय समावेश समेत गरिंदैन् । तर यो किशोर, बालबालिका र युवाहरूको समग्र विकासको लागि अत्यन्तै महत्वपूर्ण विषय हो। जुन विद्यालयका पाठ्यक्रममा हुन आवश्यक छ ।
यस विषयमा बोल्दै The Asian-Pacific Resource & Research Centre for Women (ARROW) की Deputy Executive Director,Sai Jyothirmai Racherla भन्छिन, बृहत् यौनिकता शिक्षा अत्यन्त महत्वपूर्ण विषय हो तर यसलाई अघि बढाउन धेरै अवरोधहरू छन्। तर हामी सबैलाई थाहा छ प्रत्येक बालबालिका, किशोर र युवा, जो जहाँ छन्, उनीहरूले आफ्नै जीवनबारे सुरक्षित र आत्मविश्वासपूर्ण निर्णय गर्न सहयोग गर्ने सीप सिक्ने अवसर पाउनुपर्छ र त्यही जीवन सीप हो ।
“उनी थप्छिन, यौनिक तथा प्रजनन स्वास्थ्य, अधिकार र न्यायका पक्षधरको रूपमा हाम्रो प्रमुख एजेन्डामध्ये एक भनेकै शिक्षा प्रणालीभित्र बृहत यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्नु हो। विद्यालयका शिक्षकहरूलाई हामी अत्यन्तै महत्वपूर्ण सरोकारवालाको रूपमा देख्छौं, र यही सन्दर्भमा एशिया प्यासिफिक मल्टिस्टेकहोल्डर डाइलगमा शिक्षकहरूले कसरी सक्षम अभिकर्ताको भूमिका खेल्न सक्छन् भन्नेमा जोड दिइयो,” साईले थपिन्। यो छलफलARROW, UNESCO, UNICEF, UNFPA, Education International, SDG-4 Youth and Student Network, Y-PEER Asia Pacific लगायत साझेदार संस्थाहरूले आयोजना गरेका थिए।
Sai भन्छिन, ‘विश्वव्यापी अनुसन्धानहरूले देखाउँछन् कि विद्यार्थीको सिकाइमा सबैभन्दा प्रभाव पार्ने पक्ष भनेकै शिक्षक हुन्। प्रमाणहरूले देखाउँछ, विद्यार्थीको स्वास्थ्य र कल्याण सम्बोधन गर्दा विद्यालयको उपस्थिती, सिकाइको गुणस्तर र शैक्षिक उपलब्धिमा सुधार हुन्छ। त्यसैले सीएसई ले जीवन सीप मात्र होइन, अरू विषयमा पनि सिकाइ क्षमतामा सुधार ल्याउँछ भन्ने प्रमाण हाम्रो हातमा छ।”
बोगोटा, कोलम्बियामा सुरु हुन लागेको सबैभन्दा ठूलो परिवार नियोजन सम्मेलन ICFP 2025 को पूर्व आयोजित SHE & Rights (Sexual Health with Equity & Rights) सत्रको उद्घाटन वक्तव्यका उनले यस्तो बताएकी हुन् ।
साईका अनुसार, “यस वर्षको एशिया प्यासिफिक मल्टिस्टेकहोल्डर संवाद ‘किशोर स्वास्थ्य, कल्याण र लैङ्गिक समानताका लागि शिक्षक र शिक्षणमा रूपान्तरण’ शीर्षकमा आयोजित गरिएको थियो। एरोले ले २०१८ देखि हरेक दुई वर्षमा यस्ता बैठकहरू गर्दै आएको भए पनि, यस वर्षको संवाद विशेष थियो किनभने यसमा दक्षिण र दक्षिणपूर्व एशियाका २० देशका सरकार तथा शिक्षा मन्त्रालयका अधिकारीहरू सहभागी भए। कुल १६० भन्दा बढी व्यक्ति — नागरिक समाज, युवा, शैक्षिक क्षेत्रका विज्ञ, सरकारी अधिकारी सहभागी भए। यो आफैंमा एक उपलब्धि थियो कि यति धेरै शिक्षा मन्त्रालयका अधिकारीहरू किशोर स्वास्थ्य र कल्याणबारे छलफल गर्न एकै ठाउँमा आए र लाई मुख्य प्राथमिकता विषयका रूपमा लिए।” साईले भनिन्, हामी विद्यार्थीको पाठ्यक्रम मात्र होइन, शिक्षक तालिमका पाठ्यक्रमहरूमा पनि समावेश गर्नुपर्ने कुरा जोड दिंदैछौं।
भारतकी प्रख्यात नारीवादी तथा शैक्षिक विज्ञ प्राडा पम राजपुतले भनिन्, “एक नारीवादी र शिक्षिका भएकी नाताले, यस बैठकमा शिक्षकहरूको कल्याणको मुद्दा उठाइएकोमा म अत्यन्तै खुशी छु। यसरी हाम्रो समुदायका चासो र सरोकारलाई मान्यता दिइनु पहिलोपटक भएको महसुस भयो।
Y-PEER लाओस र Y-PEER एशिया प्यासिफिक सेन्टरकी जुजानले भनिन्, ‘एशिया प्यासिफिक क्षेत्रीय संवादबाट युवाको आवाज स्पष्ट रूपमा गुञ्जियो, हामीलाई समावेशी, अधिकार आधारित र विविध वास्तविकतामा अनुकूल हुने CSE चाहिन्छ। आज पनि धेरै युवाहरूले यौनिक तथा प्रजनन स्वास्थ्यबारे पहुँच, जानकारी र सम्मानजनक व्यवहार पाएका छैनन्। यी अवरोधहरू हटाए बिना SDG-3 र SDG-5 प्राप्त हुन सक्दैन। शिक्षकलाईउनीहरूलाई CSE कार्यक्रमको योजना, कार्यान्वयन र निगरानीमा पनि समावेश गर्नुपर्छ। त्यसका लागि युवा-केन्द्रित उत्तरदायित्व संयन्त्रहरू, परामर्श समिति र अन्तरपीढी संवाद जस्ता संरचनाहरू आवश्यक छन्,” जुजानले बताइन्। “उत्तरदायित्व भनेको केवल प्रगति नाप्नु होइन, स्रोत सुनिश्चित गर्नु र प्रतिवद्धता कार्यान्वयन गर्नु पनि हो।”
नेपालमा बृहत यौनिकता शिक्षा
बृहत् यौनिकता शिक्षा भनेको प्रजनन तथा यौनिकतासम्बन्धी ज्ञान, शारीरिक र सामाजिक पक्षमा आउने सम्पूर्ण परिवर्तनको सिकाई प्रक्रिया बुझाउने शिक्षा हो । यसले बालबालिका, किशोरकिशोरीको ज्ञान, मनोवृत्ति, सीप र मूल्यलाई सक्षम बनाई सही निर्णय लिन सहयोग गर्छ । नेपालमा विद्यालय तहमा बृहत यौनिकता शिक्षा लागू गरिएको भए पनि धेरै शिक्षकहरु यसलाई पढाउन हिच्किचाउने गरेको पाइन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’