डा. पुकार बागलुङमा सम्मानित
हेल्थ टिभी अनलाइन : वरिष्ठ प्रत्यारोपण सर्जन तथा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफनो जन्मथलो बागलुङमा सम्मानित भएका छन्। शुक्रबार बागलुङ बजारमा एक विशेष समारोहका बीच डा श्रेष्ठलाई सम्माननित गरिएको हो । बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त समारोहको अध्यक्षता बागलुङका बरिष्ठ साहित्यकारकाजी रोशनले गरेका थिए । ’डा. तरूण पौडेल चिकित्सा संस्थाको १३ औं वार्षिकोत्सव एवं १० औ पुरस्कार समारोहमा डा पुकार चन्द्र श्रेष्ठको उत्तरोत्तर उन्नती र प्रगति एवं सु–स्वास्थ्य, दिर्घायुको कामना सहित नगद, दोसल्ला, फूलमाला सहित सगौरव प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा डा श्रेष्ठसँगै नवजात शिशुलाई मुखबाट स्वास दिई ज्यान बचाउने स्वास्थ्यकर्मी जानकी पुजारी, त्यसैगरी लेखनाथ नगरपालिकाका स्थानीय अस्पताललाई १९ रोपनी जग्गा दान गर्ने रेवती रमण पौडेल र बुटवलबाट समाजसेजी अनुप सैंजुलाई पनि सम्मान गरिएको थियो । डा तरुण पौडेल स्वास्थ्य कोष अन्तर्गत आयोजना भएको पुरस्कार वितरण समारोहमा पडा.पुकारचन्द्र श्रेष्ठलाई उनले मानज अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर ३३ वर्षसम्म पुराएको योगदानको कदर गर्दै प्रदान गरिएको आयोजकले जनाए ।
सम्मान कर्यक्रमको लागि आभार व्यक्त गर्दै डा.पुकारले बागलुङसँग गहिरो आत्मीयता रहेको भन्दै आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै विस २०३४ सालको एसएलसी ब्याचको विद्यार्थी भएको उल्लेख गरे । साथै, शिक्षा र संस्कार समेत बागलुङबाटै सिकको हुँदा आज सम्मको उपलब्धीको श्रेय बागलुङकै दाजु भाई दिदी बहनीहरुलाई जाने बताए । उक्त समारोहमा डा श्रेष्ठले अंगदानको महत्ववारे प्रकाश पार्दै स्वस्थ्य हुँदा वा मृत्यु पश्चात अंगदान गर्न सबैलाई आह्वान गरे ।
डा पुकार अध्ययन गरेको बिद्यामन्दिर माविमा विशेष स्वागत
यसै गरी बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा एक विशेष समारोहका बीच विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उनकी धर्मपत्नी नबिना श्रेष्ठलाई विशेष स्वागत समेत गरिएको थियो । उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ, बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष शनि केसी लगायतको उपस्थिति रहेको थियो । डा. श्रेष्ठले आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै सन् २०३४ सम्म यसै विद्यालयको विद्यार्थी भएको उल्लेख गरे । साथै, विद्यालयका लागि आगामी दिनहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनकी धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको आवश्यकता र महत्वमा जोड दिइन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठले यस्ता प्रेरणादायी भेटघाटहरूले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य