Health TV Online
Health TV Online
Health TV Online

४० देशका २ सय वरिष्ठ युरोलोजिष्ट नेपालमा भेला हुँदै

मिनी पीसीएनएल सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

४० देशका २ सय वरिष्ठ युरोलोजिष्ट नेपालमा भेला हुँदै

हेल्थ टिभी अनलाइन : नेपालमा पहिलोपटक ४० देशका आ-आफनो देशमा स्थापित वरिष्ठ युरोलोजिष्टहरु एकैपटक भेला हुने भएका छन्। खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी (आरुस लाइफस्टाइल अस्पताल) को मुख्य आयोजनामा काठमाडौंमा हुन लागेको मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि मिनी पीसीएनएल सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन उनीहरु नेपालमा भेला हुन लागेका हुन् । सम्मेलन यही अक्टोबर ११ र १२ तारिखमा काठमाडौंंको याक एण्ड यति होटलमा हुनेछ ।

मुख्य आयोजक खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा संजय खड्गीले यस खालको मिनी पीसीएनएल प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको जानकारी दिए । उनले भने, ‘यो सम्मेलनले हामी नेपाल पनि मिनी पीसीएनएल प्रविधिमा विश्वमै उत्कृट स्थानमा छ भन्ने जानकारी दिने पनि हो । यही प्रविधिबाट उपचार गर्दा विकसित देशमा १० लाख भन्दा बढी खर्च लाग्छ तर हामी उही गुणस्तर र प्रविधिमा पनि जम्मा ७० देखि ८० हजारमा सर्जरी गछौं । यो कुरा पनि विश्व सामु देखाउने हाम्रो उद्धेस्य हो ।’

डा खड्गीले सम्मेलनमा १४ वटा मिर्गौला पत्थरीको अस्पतालको ओटी कक्षबाट लाइभ सर्जरी हुने र सो कुरा हलमा बस्ने सबैले प्रत्यक्ष रुपमा हेर्न र अवलोकन गर्न सक्ने बताए । उनले भने, ‘यो सम्मेलनको उद्धेस्य नयाँ र जुनियर युरोलोजिष्टलाई यो सर्जरीका बारेमा बढी भन्दा बढी जानकारी दिने पनि हो । यसले सीप ज्ञान हस्तान्तरण हुन्छ ।’

सम्मेलनमा अमेरिका, यूके, कुवेत, कतार, जर्मनी, बंगलादेश, भारत, श्रीलंका, यमन, दुबई लगायतका ४० देशका २ सय बढी विज्ञहरुको सहभागिता रहनेछ भने मिर्गौला पत्थरी, प्रविधि लगायतका विविध २० वटा विषयमा प्रस्तुतीकरण रहने पनि बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार