स्तन क्यान्सर सचेतना महिना, नेपाल क्यान्सर अस्पतालमा परीक्षणमा विशेष छुट
हेल्थ टिभी अनलाइन : अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ ।
यसको मुख्य उद्धेस्य स्तन क्यान्सरबारे सचेतना फैलाउनु हो । यस महिनाभर ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले रोग पहिचान तथा रोकथामका लागि परीक्षणमा विशेष छुटको कार्यक्रम अघि सारेको छ । यस छुट कार्यक्रम अन्तर्गत म्यामोग्राफीमा ५० प्रतिशत, स्तनको अन्ट्रासाउन्ड सेवामा १५ प्रतिशत तथा डाक्टर कन्सल्टेसनमा ५० प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।
स्वस्थ जीवनशैली, समयमै परीक्षण र सचेततामार्फत स्तन क्यान्सरको रोकथाम सम्भव छ भन्ने कुरा अघि सार्दै अस्पतालले यो योजना अघि सारेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण