म्याग्नस फर्मा पारासिटामोल इन्फ्युजनसहित ‘इन्जेक्टेबल्स सेग्मेन्ट’मा प्रवेश
हेल्थ टिभी अनलाइन : नेपालमा उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको म्याग्नस फर्मा प्राइभेट लिमिटेड पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश गरेको छ।
कम्पनीले उच्च गुणस्तरका इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधिसहितको उत्पादन प्लान्टमा ठूलो लगानी गरेको जनाएको छ । अधिकांश मेसिनहरू अटोमेशन प्रणालीमा आधारित भएकाले मानव हस्तक्षेप न्यून हुने र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहने कम्पनीले जनाएको छ।
म्याग्नस फर्मामा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ले विभिन्न इन्जेक्टेबल्स औषधीको भाइल र एम्पुलको उत्पादन सुरु गरेको छ।
म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले भने, इन्जेक्टेबल्स उत्पादनमा गुणस्तर सधैं मुख्य चिन्ताको विषय रहँदै आएको छ। हामीले यस विषयलाई प्राथमिकता दिँदै कुनैपनि कमजोरी नगरी उत्पादन प्रक्रियामा विश्वस्तरीय उच्चतम मापदण्ड अपनाएका छौं ।
उनका अनुसार कम्पनीले अहिले पाँच प्रकारका इन्जेक्सन ब्रान्डहरू बजारमा ल्याइसकेको छ । त्यसमा PARACARE (पारासिटामोल इन्फ्युजन), PETOR (प्यान्टोप्राजोल इन्जेक्सन), LEVETAM (लेभेटिरासेटाम इन्जेक्सन), FUROMID (फ्युरोसेमाइड इन्जेक्सन) र HYOMAX (हायोसिन इन्जेक्सन) रहेको छ ।
प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात हो भन्दै कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू सबैभन्दा प्रतिस्पर्धी मूल्यमा र उच्चतम गुणस्तरसहित बजारमा ल्याउने तयारी गरिरहेको बताए ।
म्याग्नस फर्माको यो कदमले नेपाली औषधि बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ, जसले गुणस्तर र प्रविधिको नयाँ मापदण्ड स्थापित गर्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण