नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’
हेल्थ टिभी अनलाइन : नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) ले यसै वर्ष स्थापना गरेको यो अवार्डबाट एफसीएचवी सहित भारतका डा सत्येन्द्र सिंह र लेप्रा सोसाइटी पनि सम्मानित भएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधार तथा खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनुका साथै नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ । डब्लुएचओ सेरोले गएको जुन महिनामा पब्लिक हेल्थ च्याम्पियन पुरस्कारको स्थापना गरेको हो । जनस्वास्थ्यमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण