४ मन्त्रीले मात्र लिए शपथ, स्वास्थ्यमन्त्रीमा मिश्राको नियुक्ति रोकियो
हेल्थ टिभी अनलाइन : अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा संगीता कौशल मिश्रा सहित ५ जनाको नाम आइतबार बेलुकी राष्ट्रपति कार्यालयमा पठाइएको थियो। डा मिश्राका विषयमा विवाद भएपछि उनलाई सूचीबाट हटाएर अन्य मन्त्रीलाई शपथ गराइएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा परेका चार जना मन्त्रीहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल र कृषिमन्त्री डा मदन परियारले पद तथा गोपनियताको शपथ लिए ।
डा मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा परेको मुद्धामा अख्तियारले छानबिन गरिरहेकाले स्वास्थ्य मन्त्रीमा उनको नियुक्ति रोकिएको जनाएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड