स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन अहिलेकै अवस्थामा प्रयोग गर्न अयोग्य भएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका भित्ताहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । जसले गर्दा हाललाई यसलाई प्रयोग गर्न अत्यन्त जोखिम छ, उनले भने ।
नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्पको हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना भवन मानिन्छ ।
जेनजी आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा आगो लगाएका थिए । सो क्रममा भवन पूर्ण रुपमा जलेको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार