जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की
हेल्थ टिभी अनलाइन: जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतका अस्पतालमा पुगेकी छन्।
जेनजीको आन्दोलनमा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टर, सिभिल अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कार्की शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् भने कार्यभार अझै सम्हालिसकेकी छैनन्। जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सय बढीको उपचार भइरहेको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड