एशिया प्यासिफिक क्षेत्रीय ‘एएमआर’ सम्मेलन इन्डोनेशियामा
हेल्थ टिभी अनलाइन: एशिया प्यासिफिक क्षेत्रीय एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्मेलन २०२५ इन्डोनेशियाकाे जाकार्तामा सम्पन्न भएको छ। एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) विश्व स्वास्थ्यको शीर्ष १० चुनौतीमध्ये एक हो, Global AMR Media Alliance की अध्यक्ष शोभा शुक्लाले भनिन् यो एएमआर समस्या समाधान गर्न सबैको सहकार्य जरुरी छ । त्यसैका लागि क्षेत्रीय सम्मेलनको आयोजना गरिएकाे हो ।
२०१९ मा मात्र एन्टीमाइक्रोबियल प्रतिरोधका कारण प्रत्यक्ष रूपमा १२ लाख बढी मानिसको ज्यान गएको अनुमान गरिएको छ भने अप्रत्यक्ष प्रभावले करिब ४९ लाख जनाको मृत्युमा योगदान गरेको छ। एशिया प्यासिफिक क्षेत्रमा विश्व जनसंख्याको आधा बसोबास गर्छन् र यही क्षेत्रमा विश्व एएमआरको आधा भार पर्छ। मानिस, जनावर र बालीमा औषधिको दुरुपयोग र अत्यधिक प्रयोग नै औषधि प्रतिरोधी जीवाणु विकासको मुख्य कारण हो, ReAct Asia Pacific का निर्देशक डा एसएस लालले बताए।
सही निदान, सही उपचार आवश्यक
एएमआर मिडिया अलायन्सकी अध्यक्ष शोभा शुक्ला भन्छिन, ‘हामीले सबैका लागि प्रारम्भिक र सही निदान सुनिश्चित गर्न सक्यौं भने त्यही नै सही उपचारतर्फको प्रवेशद्वार हुन्छ। यसले औषधिको दुरुपयोग रोक्छ। संक्रमण रोकथाम र नियन्त्रण जस्तै बहुपक्षीय प्रतिक्रियामा जोड दिन जरुरी छ।’
इन्डोनेशयिाको स्वास्थ्य मन्त्रालयकी रिफरल हेल्थकेयर क्वालिटी निर्देशक Dr Yuli Astuti Saripawan ले भनिन, ‘एएमआरजस्ता बढ्दो स्वास्थ्य चुनाैती’लाई सम्बोधन गर्न हाम्रो सरकार प्रतिबद्ध छ। हाम्रो लक्ष्य औषधि प्रतिरोधी संक्रमणको फैलावट कम गर्ने, जिम्मेवार औषधि प्रयोगलाई प्रवर्द्धन गर्ने र स्वस्थ भविष्य सुनिश्चित गर्ने हो । इन्डोनेशियाले गत वर्ष मानव स्वास्थ्य क्षेत्रमा एएमआर रोकथामका लागि राष्ट्रिय रणनीति २०२५–२०२९ तयार पारेको छ। साथै सहितको राष्ट्रिय कार्ययोजना पनि ल्याइएको छ।’
Dr Amy Rahmadanti का अनुसार अस्पतालस्तरमा एएमआर नीतिहरू लागू गर्न सरकार विभिन्न मार्गदर्शन तथा नियम ल्याएको छ, जस्तै – एन्टिबायोटिक प्रयोगको मापदण्ड, एन्टिबायोग्राम विकासका लागि मार्गदर्शन आदि एन्टिबायोग्रामले अस्पताल वा स्वास्थ्य प्रणालीमा कुन जीवाणु कुन औषधिमा कति संवेदनशील छन् भन्ने तथ्याङ्क देखाउँछ, जसले चिकित्सकलाई सही औषधि छनोट गर्न मद्दत गर्छ।’
डा एसएस लालले भने, “यो सम्मेलनले क्षेत्रीय साझेदारी बलियो बनाउन, कार्यान्वयनको मार्गचित्र बनाउन, राष्ट्रिय कार्ययोजना छिटो कार्यान्वयन गर्न र नागरिक समाज, युवाहरू र समुदायको भूमिकालाई मजबुत बनाउन सहयोग गर्नेछ । उनका अनुसार, एशिया प्यासिफिक क्षेत्रमा ९० प्रतिशत देशहरूले एएमआर कार्ययोजना बनाए पनि कतिपय देशमा अझै कार्यान्वयन कमजोर छ। “केन्द्रिय स्तरमा मात्र नभई प्रादेशिक स्थानीय तहमा पनि कार्यान्वयन नगरेसम्म अपेक्षित परिणाम आउँदैन,” उनले स्पष्ट पारे।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रतिबद्धता
सन् २०२४ को संयुक्त राष्ट्रसंघ महासभामा आयोजित उच्चस्तरीय बैठकले एएमआरविरुद्ध महत्त्वपूर्ण राजनीतिक घोषणा गरेको थियो। Anna Sjöblom, Director, ReAct Europe का अनुसार, विश्व नेताहरूले महत्वाकांक्षी प्रतिबद्धता जनाए पनि अब ती प्रतिबद्धतालाई कार्यान्वयनमा उतार्ने निर्णायक समय आएको छ।’ उनले थपिन्, “युरोपले औषधि प्रयोग नियन्त्रणमा लगानी गरेको छ, तर नागरिक समाजसँगको सहकार्यमा एशिया प्यासिफिकबाट धेरै सिक्न सक्छ।सम्मेलनको आयोजना इन्डोनेशियाको स्वास्थ्य मन्त्रालय, इन्डोनेशिया सरकार र ReAct Asia Pacific ले संयुक्त रुपमा गरेका हुन्।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?