काठमाडौंमा अनिश्चितकालिन कर्फ्यु
हेल्थ टिभी अनलाइन : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजे देखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानलाई चार किल्ला तोकी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेका हुन्।
काठमाडौंका बालकुमारी पुल देखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू भागमा कर्फ्यु आदेश जारी गरिएको छ ।
यो अवधीमा अन्यावश्यक मानिने एम्बुलेन्स सेवा, शव वाहन, दमकल, स्वास्थ्यकर्मीका गाडी, सञ्चारकर्मीलाई भने आवातजावतमा रोक नलगाइने जनाइएको छ ।
सोमबार जेनजीको आन्दोलनमा ठूलो संख्यामा मानवीय क्षति भएपछि हिजोदेखि नै कर्फ्युको घोषणा गरिएको हो । त्यसलाई आज पनि निरन्तरता दिइएको छ । त्यसो त ललितपुरमा पनि केही क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड