जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : सामाजिक सञ्जाल बन्द विरुद्धको प्रदर्शनमा एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
घाइते भएका प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । यसैगरी अन्य घाइतेहरुले अस्पताल भरिएको पनि उनले जानकारी दिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी संसद भवनमा छिरेपछि प्रहरीले अश्रु ग्याँस तथा गोली प्रहार गरेको थियो । यसैगरी भागदौडका क्रममा धेरै जना घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड