जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : सामाजिक सञ्जाल बन्द विरुद्धको प्रदर्शनमा एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
घाइते भएका प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । यसैगरी अन्य घाइतेहरुले अस्पताल भरिएको पनि उनले जानकारी दिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी संसद भवनमा छिरेपछि प्रहरीले अश्रु ग्याँस तथा गोली प्रहार गरेको थियो । यसैगरी भागदौडका क्रममा धेरै जना घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम