शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विकास समिति अध्यक्षमा डा ढकाल नियुक्त
हेल्थ टिभी अनलाइन : शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको अस्पताल विकास समितिको अध्यक्षमा डा केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उनलाई सो पदमा नियुक्त गरेका हुन्।
डा ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन्। उनले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका छन्। मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ को दफा ३ को उपदफा २ क को व्यवस्था बमोजिम डा ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड