डा गोविन्द केसीले सुरु गरे तीन दिने अनसन
हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्ष तथा स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा गोविन्द केसीले आमरण अनसन सुरु गरेका छन्। कैलालीको गेटा पुगेर डा केसीले ४ बुँदे माग राखदै आफ्नो २३ औं अनसन सुरु गरेका हुन्।
सत्याग्रहको घोषणा गर्दै डा केसीले गलत रुपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन गर्न माग राखेका छन्। उनले यसो नगरे स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउने पनि जनाएका छन्। उनले जारी गरेको विज्ञप्तिमा ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामुलक बनाउन र सरकारी अस्पताल लगायत सबै स्वाथ्य संस्थामा दरबन्दी बृद्धि गर्ने लगायतका सबै सम्झौँता र मागहरु कार्यान्वयन तथा पुरा गर्न पनि भनेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको आरोपसमेत लगाएका छन्। उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन्।
उनले कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत अघि राखेका छन्।
डा केसीले चिकित्सा शिक्षाबाहेक लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्। साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणबिरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग समेत अघि सारेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण